भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
नजर गरि चनाखा चाल राम्रो सुनेर,
दलिन मनि कुनामा माकुरो एक बस्थ्यो,
घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १
"भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्,
लटपट भइ चाँडै जालमा नै ति मर्छन,
अरुहरु पनि पर्छन् जालमा धेर हेर,
बसि बसि अनि खाँला मासुको भोज धेर ।" २
यति भनिकन भित्र प्वालमा गै लुकेर-
वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर,
दिनभरि अनि बस्थ्यो आसको खास दास-
पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास । ३
भ्रमर वर नआई जालको चाल पाई
परपरतिर जान्थे जाल देखी डराई,
अरुहरु पनि उड्थे जाल मागी उडेर,
रस पनि अनि चुस्थे फूलमा ती भुलेर । ४
सरल सरल मौरी मस्त भै गान गाई,
फुल फुल रस खाई फेरि खाई अघाई,
घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो,
लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो । ५
झटपट गरि निस्क्यो जालमा माल पाई,
लटपट अरु पार्योय जालमा माललाई,
विष पनि अनि हाल्यो हात खुट्टा समायो,
चुसि चुसि अनि खायो माकुरो त्यो अघायो । ६
विषय रस कुनंमा एकहोरो नलागी,
अघि पछि पनि हेर्दै ज्ञानिले हिंड्नु पर्छ,
अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी,
अतिशय दुःख पाई मूर्खले मर्नु पर्छ । ७
प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको,
भनिकन कवि जस्तै भै उसै तम्सिएको,
हुन त कवि म कैले सक्तथे बन्न ऐले ।
तर पनि कविता यो लेखि-हेरें बलैले ८
('पद्य-संग्रह' बाट)
</poem>