Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=आरती तिवारी |अनुवादक=सुमन पोखरेल...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=आरती तिवारी
|अनुवादक=सुमन पोखरेल
|संग्रह=
}}
{{KKCatKavita}}
<poem>
घरबाट निस्कने बितिक्कै
भीडमा हराइएला भन्ने डर,
राम्रा लुगा लगाउँदा
अरूको आँखा लाग्ने डर,
साधारण पहिरनमा हिँड्दा
आम मान्छेझैँ देखिइएला भन्ने डर ।

पहिलो हुँदा
साथीहरूले डाह गर्ने डर,
औसत हुँदा
पछाडि परिने डर,
प्रेम प्रस्ताव गर्दा
अस्वीकार होला भन्ने डर ।

ब्रान्डेड सामान भनेर ठगिइने डर,
सस्तो खोज्दा
माल कमसल पर्ने डर,
कागजातहरू नक्कली हुन सक्ने डर ।

बाढी र खडेरीका कारण
बजारमा मन्दी छाउने डर,
मन्दीमा बेरोजगार होइएला भन्ने डर ।

हाम्रा छरिता डरहरू
मोटा हुँदै जाँदैछन् अचेल।
विष्फोट गर्न थाल्या छन्
दवावलाई
हाम्रा डरहरूले ।


हामीलाई चाहिएको छ एउटा मसिहा
जसले बदलिदियोस् दुनिया,
खुसीको बाली फलाएर
बनाइदेओस् स्वर्ग,
भेटियोस् कुनै जादूको छडी
र पलभर मै होउन् सजिला
सबै बाटाहरू ।
हराऊन् हाम्रा डर ।

गर्दैनौँ कोशिस हामी
आफैँलाई बदल्ने कहिल्यै
र ढाँटेर आफैँलाई
डराइरहन्छौँ सधैँ ।
</poem>
Mover, Reupload, Uploader
9,789
edits