Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

लाटोकोसीरो पनि गाइरहेछ
काठको अग्लो खाँबामा उभिएर !
आकाशलाई कालो मासी परेको छ
पृथ्वी पाइखाना हो
शायद हिजो आकाशले रक्ति थुप्रै पिए जस्तो छ
कालो मासी
हो कालो मासी
देखिरहेछु
पहाड, बिजयपुर डाँडा
र यो मेरो चौकभरि
के जून आज पनि अफ्रीकाको यात्रामा गयो?
के कैंयालाई रात बेच्न गएकी
पूर्णिमाको उज्यालो अझ फर्केको छैन?
तर आशा छ
मेरो मनको दहभित्र
उदाउने छ सूर्य
र फैलिनेछ मेरो देशको कुना कुना
र उज्यालिने छन्
जीतबहादुरका बच्चाहरुको अनुहार ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits