भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
हावा यता छिर्न मन गरिरहेको छैन,
त्यसैले पानी पनि पर्न सकिरहेको छैन।
लादिरहेछ निर्ममतापूर्वक निरीह जीवनहरूमाथि आफ्नो एकोहोरो शासन।
मान्छेको शरीर र मस्तिष्कको सामञ्जस्यलार्इ सामञ्जस्यलाई भत्काइदिएको छ गर्मीले।
सिमसार भएको छ मान्छेको शरीर।
बौलाहा बाढीले जस्तो एकछत्त भिजाएको छ सम्पूर्ण शरीरलार्इ शरीरलाई पसिनाले।
उसले छुट्टयाउन सकेको छैन छाला र रौँ,
र मान्छेको विचारलार्इ विचारलाई टाउकादेखि बगाउँदै पैतालासम्म पुर्याइदिएको छ।
पसिनाले तानेर जिउमै लपक्क टाँसिदिएको छ
करैले लगाउनुपरेका लुगाहरू पनि।
आजीवन अभिनयरत मान्छे
गाली गर्दो छ कपडाको आविस्कारकलार्इ।आविस्कारकलाई।
झ्यालहरू भएर पनि नभएझैँ छन् छन्
कुनै असफल राष्ट्रको सरकारझैँ।
पर्दाहरू हल्लिऊँ कि नहल्लिऊँ भनेर अलमल्ल छन्।छन्।
भित्ताहरू नभएको वैमनष्यको तातो फ्याँक्दै सिँगौरी खेल्दैछन्खेल्दैछन्, आपसमा जुधौँझैँ गरेर।
कोठा आफैँमा बौलाएको छ आफैँभित्रको ताप खप्न नसकेर।
ओछ्यान तावाले झैँ राप फ्याँक्दो छ,
सिलिङ्पङ्खा आजित छ अधिकारविहीन नाम मात्रको कुनै निमित्त हाकिमजस्तै
र बच्चो रुँदैछ आमाको दूध चुस्न नसकेर गर्मीले।
स्वास्नीमाथि खन्याउँदैछ लोग्ने अनाहक
असफल योजना र गर्मीको पारो फुटेर निस्किएको असरविहीन तातो झोँकलार्इ। झोँकलाई।
स्वास्नीको लागि त्यो झोँक उसले भोगिरहेको गर्मीभन्दा ज्यादा तातो छैन।
उन्मत्त उम्लिरहेछ बाटाको पिच
मान्छेको धैर्य चर्काउने गरी थपिरहेछ हावामा तातो।
अस्तव्यस्त गफ्फिइरहेछन् गफ्फिइरहेछन् खेत रोप्न नपाएर फुर्सद पाएका आइमार्इहरू आइमाईहरू रुखमुनि थुप्रिएर।
छेउमा बाँधेको बहर गोरु जान्न उत्सुक छ,
पसिनाको चिपचिपाहटमा अल्झिएका छन् छन् सबैका सीप र जाँगरहरू।प्रेमी-प्रेमिकाहरू एकअर्कालार्इ एकअर्कालाई टाढैबाट हेरेर चित्त बुझाउँदै छन्छन्,
तमाम मोह र आशक्तिभन्दा ज्यादा शक्तिशाली भएर उभिएको छ
उनीहरूका बीचमा यो प्रचण्ड गर्मीको विकर्षण।
सूर्य आफ्नो वर्चस्व देखाउन तल्लिन छ अझै
र एकोहोरो चढ्दो चढ्दोछ छ गर्मीको घमण्ड।
यति हुँदाहुँदै पनि विश्वस्त छन् छन् यहाँ बाँचिरहेका एकएक कणहरू गर्मीलार्इ गर्मीलाई पछारेर अवश्य आउनेछ शीतलता भनेर।
अनुभव साक्षी छ,
निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन।
</poem>