Changes

{{KKCatNepaliRachna}}
<poem>
मध्यरात सडकमा
आँखा मात्र बोकेर मोटरहरू
अर्द्ध-मलामी एम्बुलेन्सका एकोहोरो शङ्खघोषजस्तै चीत्कारमाथि
छ्याप्दछन् कर्कश आवाजका झोँक्काहरू
भुकाइ बोकेर ओल्लोचोकओल्लो चोक-पल्लोचोक पल्लो चोक दौडिरहेका मुखहरू।
सातो सकिएका रुखहरू आफ्नै पातका पर्दाभित्र छोपिएर
चोकचोकबाट हातखुट्टा पसारेर निदाइरहेको सडक
घोप्टो सुतिरहेछ वा उत्तानो।
 
अन्धकारले प्रेमलाई छेल्दैन भन्नेमा अनभिज्ञझैँ
पुतलीहरू बत्तीसँगको आदिम खेलमा व्यस्त रहन्छन् ।
किन
यति बिध्न कहाली लाग्ने गरी दौडिरहन्छ?
</poem>
Mover, Reupload, Uploader
10,429
edits