Changes

रुख – २ / सुमन पोखरेल

3 bytes removed, 12:34, 22 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
 
हाँगामा चढेर प्रदर्शित गरे आफूलाई
र बैठक र मन्दिर चहार्दै हराए फूलहरू।
म भने उही माटालाई समाएर
उभिइरहेछु निरन्तर।
 
कति युगल मेरो फेदमा बसेर
कल्पनाको संसार उडी रमाए,
बाल्यकाल सम्झाउने चिनो बोकी हुर्किएर गए।
बेतोडले कुदेका हावाका झुन्डहरूझुण्डहरूमेरा पातमा बसी एक छिन एकछिन साउती मारेर आकाश खेद्दै क्षितिजतिर दौडिए,
बचेराहरू मेरै हाँगामा काढिएर
पँखेटा उमारी जीवन बोकेर उडे,
कतिपल्ट दिनभरि हिर्काएर घामले
उभिएको ठाउँबाट खेद्ना खेद्न खोजिरह्यो मलाई,
पानीले चुटेर मलाई नै पानी बनाई बगाउन खोज्यो,
आँधीले ठेलेर उडाउने चेष्टा गर्दै
इन्द्रेनी बोकेका किरणहरू पनि अडिएनन्,
नौमती बाजा र एकोहोरो शङ्खका आवाजहरू पनि
पालैपालो आए , र कतै गइरहे।
घरबाट निस्कनुअघि चार दिन परको बटुवा
Mover, Reupload, Uploader
10,422
edits