भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
<Poem>
म जर्ज फ्लोयडहरूका लाश हूँ
हाडखोर, खरानी,हंस,आत्मा र फ्लोयडहरूकै भूत प्रेत हूँ
हेर्न चाह्यौ भने,
तिम्रो सेता दरवारको अग्लो सिँडिमा लत्रेका फ्लोयडहरूका गर्दन हूँ
तिम्रा चिम्नीबाट निस्कन लागेको संसारकै पिरा धुँवा हूँ
म यस शताव्दीका सबभन्दा नमीठा अनुभव हूँ
म इतिहासकै सबभन्दा तिता आँसु हूँ
करूणा र त्रास हूँ, कुरुप त्रासदी हूँ
तिमी डराएर पनि नडराए जस्तो स्वाङ पार्दैछौ भने
तिम्रा करिडरमा उज्याइएका बन्दुकहरूका अघिल्तिर नडराइ उभिने
संसारकै बहादुर नारा र जुलुस हूँ, प्रतिवाद हूँ
तिमी मलाई आफ्ना तिम्रा खिड्कीका कुनाबाट चिहाउँदैछौ भने
तिम्रा दाह्राहरू, तोप र ट्याङ्कहरू मतिर फर्काएर आरामले बसेका छौ भने
बुझिलेऊ, म संसारकै डरलाग्दो विस्फोटक हूँ
तर तिम्रा अफिसका मसिना कारिन्दाहरू भन्छन्,
ठुला देशमा फ्लोयडहरूसँग यस्ता घटना अनगन्ति भै नै रहन्छन् जसका रेकर्ड राखिएका हुँदैनन्।तर हाम्रा महामहिम लोकतनत्र भने ल एन्ड अडरमा भने पक्का हुनुहुन्छ !आज भने उहाँ त उ पार्टीको वार्षिक उत्सवमा व्यस्त हुनुहुन्छ, छ तर अफ्शोस् फ्लोयडहरू पार्टीका कार्यकारी क्याडर हुँदैनन्।
भोलि आर्थिक व्यापारिक आणविक सम्झौताका डेलिगेसनहरू छन्,
पर्सीदेखि लगातार सप्ताह दिनसम्म उहाँ तेस्रो विश्वको भ्रमणमा हुनुहुनेछहुनेछ,
ति देशहरूका राजधानीमा आयोजित
आन्तरिक उपनिवेशिकरण , किनारीकरण , शान्ति , सदभावना, भाइचारा, अल्पसङ्ख्यक सुरक्षामानव अधिकार र लोकतान्त्रिक मूल्य आदि विषयका सेमिनारहरूमा की नोट स्पीच राख्नुहुनेछराख्नेछ,
तर भनिएको छ ,ती जम्मै विषयहरूमा फ्लोयडहरूका मुद्दा मेल खाँदैनन्
एसियाका आधादर्जन युनिवर्सिटीहरूमा
नस्लभेद, रङभेद, इन्स्टिचुसनल माइन्डसेट र पुलिसी प्रक्रियाले
उत्पन्न गरेका हिंसाका विरोधमा सम्पन्न प्रतिवाद सभामा प्रमुख अतिथीको सम्बोधन राख्नुहुनेछराख्नेछ
चौथो मुलुकमा प्राकृतिक आपदा , गरीबी, भूखमरी र भ्रष्टचारबारे बोल्दै
राहत प्याकेजहरूको घोषणा गर्नुहुनेछगर्नेछ,
तर भनिन्छ यी जम्मै विषयसँग पनि जर्ज फ्लोयडहरूका सन्दर्भ मेल खाँदैन
बरू के सिरिया नाइजेरिया, सोमालिया आदिमा आदि मसिना ठाँऊमा पड्केका बन्दुक र बारुदका चित्कारले फ्लोयडहरूका स्वर ढाक्न मिल्दैन र ?बरू के एनकाउन्टर र अरू प्रोपोगान्डाका भूत्याहा आतङ्कले फ्लोयडहरूको फ्लोयडहरूका भूत खेद्न सकिन्न र ??
तिम्रा अरू सिल्की कारिन्दाहरू थप्छन्,फर्केपछि, लोकतन्त्रका अरु कति काम छन् ?सीमा विवाद,सेना, युद्ध, हतियार, गोला, बम, परमाणु खेती आदि निरीक्षणको कार्यक्रममा व्यस्त हुनुहुनेछव्यस्तै हुनेछ,
इराक, लिबिया, अफगानिस्तान, सिरिया, नाइजेरिया इत्यादि
अनि अरू तेस्रो र चौथो मुलुकका समस्याहरू त छँदै छन्
ती जम्मै हुनुपर्ने हुनु भनिएका कार्यक्रमका सूचीमा पनि फ्लोयडहरूका नाम लेखिएका छैनन् त्यसपछि त क्रिसमस, नयाँ साल, फार्म हाउस, रिफ्रेसमेन्ट, पार्टी
अनि लगत्तै आइपुग्छ चुनाउ !
यो राजनैतिक सिजन हो क्या,
महाशय, के तपाईँहरू अर्को साल अफसिजन पारेर आउनोस् , हुन्न ???
............................................................................
रचनाकाल ०५. ०६. २०२०
</Poem>
Mover, Reupload, Uploader
10,422
edits