भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
<poem>
संसार सागरमा कति नै जीव जन्मी मरी गए
तर छन् अमर जोले धर्ममा तन र मन सुम्पिदिए सौँपिदिए
ठूला ठूला वलवान जगतमा
माटोको यो देह बनेको
पाप करम माथि लिई रैछ जनेको
राम्रो भनी केन भनेको
राम्रो भक्ति केन भनेको
सबैले तिमीलाई साथी भन्छन्
पैसा छँदासम्म सुसारा गर्छन्
किन गर्छौ तानातानी, मानामानी
मानिसको जिउनी सधैँ त पाउन्नौ
किन प्रभूसँग ध्यान लगाउन्नौ
रोदीमा नाचगाना गाई
तिमी बोतलमा भई मस्तानी
किन गर्छौ तानातानी, मानामानी
</poem>