भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गहुँगोरो अफ्रिका / आहुति

2,295 bytes added, 11:40, 15 फ़रवरी 2022
{{KKCatNepaliRachna}}
<poem>
मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
 
म मुक्ति चाहन्छु !
 
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे !कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गरकि मेरो अपमान गर्ने शास्त्रका पानालाई पानाहरूलाई च्यात्ने या जलाउने साहस गरम तिम्रो मन्दिरको देवता बनाउने कामी हुँयो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ!
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीका बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीमा नलीहरूमा पानी भरकि आफ्नो दिमाग्को दिमागको फोहोर सफा गरम तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ!
तिम्रो मनका मनोरञ्जित ग्रन्थीलाई ग्रन्थीहरूलाई च्यातत्यहाँ मेरो संगीतका सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ, वादी !यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ!
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ आँखा जुधाउने आँट गर अघाएको मान्छे!
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर म तिम्रो गोरुसंगै गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ! तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्मतिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्मम कहाँ छैन? म सर्वत्र छु !मलाई तिमी कसरी 'अछूत' बनाउन सक्छौ 'छूत' मान्छे?कि इतिहासको कठघरामा उभिने आँट गरकि आफूलाई बदल्ने साहस गरआँखा जुधाउने आँट गर पूजारी !म बीसौं शताब्दीको 'अछूत' हुँ !यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ!
म अपमानित इतिहासको हिसाब चाहन्छु म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
</poem>
Mover, Reupload, Uploader
10,371
edits