1,182 bytes added,
12:16, 17 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= नीरविक्रम प्यासी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
एउटा तारा डाँडा वारी अर्को तारा पारी
मुटु कतै गए पनि दिल हरा हारी
पहरामा मूल फुटि झरेकी खोलामा
तल पुगी दोभानमा भेट हुने होला
चखेवाको यता बास चखेवीको उता
उही घाउ मुटुमा छ चाहे रहुन् जता
एउटा तारा डाँडा वारी अर्को तारा पारी
मुटु कतै गए पनि दिल हारा हारी…
धर्तीबाट कति दूर आकाश छ माथि
एउटाकोमा जोडिएको अर्कोको छ छाती
सुख साथै दुख यहाँ घामसँगै छाया
बिछोडमै चिनिन्छ रे के चिज हो माया
</poem>