1,327 bytes added,
09:02, 1 सितम्बर 2023 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=अबीर खालिङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
मसँगै ऊपनि
मेरो ओछ्यानमा सुत्यो/ र
मेरो निद्रालाई घाँटीमा अठ्याँयो ।
आउन दिएन उसले
आँखामा सपना
र
चुसिबस्यो मेरै चैन र आरामको रगत ।
हैकमवादी आँखाले आह्रिस हेऱ्यो
सिलिङमा घुमिरहेको पङ्खालाई/
आतङ्ककारी भएर छिर्नै दिएन
खिडकीबाट मलाई गुहार्न आउन खोज्ने
निर्बल प्राणदायी बतासलाई ।
निहत्था/ निस्साहय म भने
छटपटिरहेँ उसको कुटिल जालमा ।
बलात्कारी ऊभने-
खेलिरह्यो मेरो नाङ्गो आङ्गसँग/ र
बिहान थाहा नदिई
खिडकीबाट हाम्फालेर भाग्यो ।
</poem>