Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
कुनै दिन यसरी भेटूँ म तिमीलाई
न बिदा हुने हतार होस्
न कसैले बिथोल्ला भन्ने अत्यार होस्
कुरा सकियोस् र
मनको अन्तरकुन्तर रित्तियोस्
भन्न छुटेको सम्झेर
न मन पछुताओस्
न कुनै बाडुली आओस् ।

नथाकूँ म बोलेर
नअघाऊँ तिमीलाई सुनेर
समयको कुनै सीमा नहोस्
र एकै ठाउँ बाँधिइरहौँ
तिमी, समय र म ।

बाधूँ अँगालोमा र निदाऊँ निर्धक्क
न बिउँझने हतार होस्
न केही बित्ने चटारो होस्
तिम्रो अँगालामा पग्लिऊँ र
मिसियूँ तिमीमा यसरी
जसरी आत्मा मिसिन्छ परमात्मामा ।

केवल यस्तो अतृप्त सपना नदेखूँ
तृप्त गरिदिने विपना होस् ।

त्यसरी भेटूँ म कुनै दिन
तिमीलाई ।

</poem>
Mover, Reupload, Uploader
10,426
edits