भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
रङ्गहरूमा अनेक रङ्ग घुलिएझैँ
तरङ्गहरूमा अनेक धून गुन्जिएझैँ
मिसिन आयौ तिमी मसँग
खडेरीसँग बर्सात् मिसिएझैँ ।
जस्तो कि
एक्लै गुनगुनाइरहेको बेला
पर कतैबाट अर्को कुनै स्वरलहरी मिसिएझैँ
अथवा
आँखा आफ्नै भए पनि
दृष्य अर्कैले सापट दिएझैं ।
जस्तो कि
खुशी कतै छुटेर रित्ता भएका ओठहरूमा
कसैले मुस्कान ल्याएर भरिदिएझैं
अथवा
निद्रा हराएका आँखामा
कसैले सपना भएर प्रवेश गरेझैँ ।
जस्तो कि
आफ्ना औंलाहरूले आफैँलाई छोइँदा
कसैको आभासले काउकुती लागेझैँ
अथवा
ओइलाएका रहरविहीन रहरहरूलाई
कसैले झङ्कृत गराएर ब्यूँझाएझैँ ।
प्रत्येक पल
आफ्नै अनुहार फेरिएझैँ लाग्छ
जब मिसिन आयौ तिमी मसँग ।
जस्तो कि
बँचाइमा जीवन मिसिएझैँ
अथवा
जीवनमा प्रेम पोखिएझैँ ।
</poem>
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
रङ्गहरूमा अनेक रङ्ग घुलिएझैँ
तरङ्गहरूमा अनेक धून गुन्जिएझैँ
मिसिन आयौ तिमी मसँग
खडेरीसँग बर्सात् मिसिएझैँ ।
जस्तो कि
एक्लै गुनगुनाइरहेको बेला
पर कतैबाट अर्को कुनै स्वरलहरी मिसिएझैँ
अथवा
आँखा आफ्नै भए पनि
दृष्य अर्कैले सापट दिएझैं ।
जस्तो कि
खुशी कतै छुटेर रित्ता भएका ओठहरूमा
कसैले मुस्कान ल्याएर भरिदिएझैं
अथवा
निद्रा हराएका आँखामा
कसैले सपना भएर प्रवेश गरेझैँ ।
जस्तो कि
आफ्ना औंलाहरूले आफैँलाई छोइँदा
कसैको आभासले काउकुती लागेझैँ
अथवा
ओइलाएका रहरविहीन रहरहरूलाई
कसैले झङ्कृत गराएर ब्यूँझाएझैँ ।
प्रत्येक पल
आफ्नै अनुहार फेरिएझैँ लाग्छ
जब मिसिन आयौ तिमी मसँग ।
जस्तो कि
बँचाइमा जीवन मिसिएझैँ
अथवा
जीवनमा प्रेम पोखिएझैँ ।
</poem>