Changes

म स्वास्नी / रोशन परियार

2,731 bytes added, 15:26, 11 जुलाई 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार=रोशन परियार |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रोशन परियार
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हेरिरहँदा
लजाउनुपर्ने , डराउनुपर्ने
नरिसाउनुपर्ने , नखुसाउनुपर्ने

बोलिरहँदा
चुपचाप सुन्नुपर्ने , गुनासो नगर्नुपर्ने
बुझ् पचाउनुपर्ने , जवाफ नफर्काउनुपर्ने

खाइरहँदा , पकाइरहनु पर्ने
पिइरहँदा , थपिरहनु पर्ने
सुतिरहँदा , ओछ्छिइरहनु पर्ने
हिँडिरहँदा , पछ्याइरहनु पर्ने
थिचिरहँदा , लडिरहनु पर्ने

घाम बनेर घोप्टिरहँदा, जमिन बनेर तातिरहनु पर्ने
बतास बनेर घोचिरहँदा, पहाड बनेर छेकिरहनु पर्ने
नदी बनेर लुछिरहँदा, किनार बनेर भत्किरहनु पर्ने
छाल बनेर छल्किरहँदा, अचानो बनेर हाँसिरहनु पर्ने

उचाइमा टेकिरहँदा , गहिराइमा डुबिरहनु पर्ने
टुप्पो बनेर अग्लिरहँदा , जरा बनेर गाडिइरहनु पर्ने

चाहनाका आँखा थुतिए , रहरका ओठ च्यातिए
सपनाका छाती टेकिए , अधिकारका हात काटिए
मुक्तिका आवाज खोसिए , आजादीका खुट्टा भाँचिए

खुकुरी भइरहँदा , दाप बनिरहनु पर्ने
गर्दन काटिरहँदा , रगत लुकाइ दिइरहनु पर्ने

चुपचाप 'सहनु' पर्ने थियो, सहिरहेँ
आजीवन 'माफ' दिनुपर्ने थियो, दिइरहेँ
किनकि
यो लोग्ने हो
जो मरेर पनि फर्किरहन्छ जिउँदोमा
जो बगेर पनि बसिरहन्छ सिउँदोमा

ए !
म बाँचेको युग
म पनि क्लियोपेट्रा बनूँ ?
</poem>
Mover, Reupload, Uploader
10,426
edits