Changes

शीत / रोशन परियार

1,434 bytes added, 15:26, 11 जुलाई 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार=रोशन परियार |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रोशन परियार
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म शीतको थोपा हुँ

जूनको पैतलाले थिच्न सक्छ
दबिएँ भन्नु हुँदैन

हावाको हतकडीले बाँध्न सक्छ
निसास्सिएँ भन्नु हुँदैन

घामको ओठले चुम्न सक्छ
विलाएँ भन्नु हुँदैन

धुलोको पहिरोले छोप्न सक्छ
पुरिएँ भन्नु हुँदैन

कसैको पछ्यौरीले थप्पड लगाउन सक्छ
दुख्यो भन्नु हुँदैन

कसैको जुत्ताले लत्याउन सक्छ
च्यातिएँ भन्नु हुँदैन

म शीतको थोपा हुँ
मैले आफ्नो अस्तित्व बिर्सनु हुँदैन

हुन त
कमजोरी कसको हुँदैन र
जस्तो कि
उज्यालो दिने जून
औँशीमा आउन सक्दैन
पानी सुकाउने घामले
पसिना सुकाउन सक्दैन।
</poem>
Mover, Reupload, Uploader
10,426
edits