1,505 bytes added,
15:36, 11 जुलाई 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सोचिरहेथेँ
सकियो लेख्नुपर्ने यावत कुरा ।
जूनको कथा लेखिसकेथेँ
धर्तीका व्यथा लेखिसकेथेँ ।
लेखिसकेथेँ
जगतका अनेक रहस्यहरूका कुरा
जीवनका आँशु, व्यथा र प्रलयका कुरा ।
सकिएको थियो हृदयको मसी
रोकिएको थियो मनको कलम ।
तिमीलाई भेटेपछि पो लाग्यो
मैले त केही लेखेकै रहेनछु ।
लेख्नै बाँकी रहेछ मैले
साथ र भरोसाका कुरा
निस्वार्थता र विश्वासका कुरा
जतै भए पनि
सगैँ भएको अनुभूतिका कुरा
जुनैबेला हृदयमा धड्किरहने कुरा ।
लेख्न बाँकी नै रहेछन्
तिमीलाई भन्न बाँकी रहेका
तिमीले सुन्न बाँकी रहेका
तिम्रा र मेरा कुरा
</poem>