1,332 bytes added,
14:53, 12 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>
डुब्ने इच्छा मेरो, उसलाई किनाराको रहर
म पोखरी आँशुको, ऊ बालुवाको शहर
हात समाई सँगसँगै हिँडिरह्यो जिन्दगी तर
डुबिरहेँ पीडामा म, उसलाई आनन्दको लहर
रहरहरू बटुल्दैमा रङ्गिन कहाँ हुने रहेछ
कहिले धूलो कहिले हिलो, जिन्दगीको सफर
केके केके उतार चढाव भइरहन्छ आपसमा
रुखोपनको मीठास हो या हो प्रेमको कहर
बग्दाबग्दै अडिएपछि मात्र थाहा भयो
उसको भागमा नदी रैछ, मेरो भागमा बगर
सोधखोज गर्दै गर्नु मेरा बारे सानु, तैँले
कसले देला नत्र तँलाई, म मरेको खबर
</poem>