Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatGh...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>
कहाँ हुन्छ सबै राम्रो यादमा आएको
गाह्रो किन बिर्सन यति, बिर्सन चाहेको

अमूल्य छन् कतिकति चिजहरू जीवनमा
मूल्यवान लाग्छ तर आफूले नपाएको

मनै त हो; बहकिन्छ, रुन्छ, सम्हालिन्छ
मुस्किल छ सहन तर चोट यसले खाएको

खराब हुन्छ माया, भन्दिनँ म कहिल्यै
मानिसले नै हो यसलाई बदनाम गराएको

बाहिरबाट देखिँदैन, लुकेको छ मनभित्र
मसँग छ तिम्रो प्रेम हृदयले सम्हालेको

मेरो सन्तुष्टी मैसँग छ, छट्पटी छ मसँगै
दुनियाँलाई किन चासो, मैले माया लगाएको

विश्वास गरी केके भनेँ मैले तँलाई आज
कसैलाई नभन्नु है, सानु! मैले व्यथा सुनाएको

</poem>
Mover, Reupload, Uploader
10,426
edits