Changes

स्व-सृजन / सुमन पोखरेल

1,962 bytes added, 11:26, 25 अगस्त 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=इत्...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मुस्किल छ देख्न आफैँलाई
त्योभन्दा कठीन छ आफ्नो अनुहार देख्न
र त्यसभन्दा पनि ज्यादा गाह्रो छ आफ्नो स्वभाव देख्न ।

गाह्रो छैन तर आफूलाई बनाउने कोशिस गर्न ।

टुक्राटुक्रा कर्मका चोइटालाई जोड्दै
धर्साधर्सा रङ्गहरू थप्दै
आफूलाई सग्लाउने उपक्रम गरिरहन्छ मान्छे
तर
देख्न सक्दैन ऐना नहेरी आफ्नो अनुहार
प्रतिरूप नहेरी बनाउन सक्दैन आफ्नै चित्र पनि

आफूलाई सक्दैन बनाउन मान्छेले
आफ्ना परिवेशबाट अलग उभ्याएर आफूलाई ।

अभ्यास गरिरहन्छ निरन्तर मानिस
आफ्नै व्यक्तित्व निर्माणको, तर
सक्दैन पूर्ण गर्न जीवनभरको कोशिसले पनि ।

आफैँलाई समेत बनाउन नसक्ने मान्छे
घमण्ड गर्छ
संसारको रूप फेरेँ, भनेर ।

</poem>
Mover, Reupload, Uploader
10,426
edits