1,570 bytes added,
11:32, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
संसारको यो एउटा डल्लोमा
भरिएका छन् अनेक रूपहरू
छरिएका छन् अनेक रङहरू !
दुनियाँको यो फैलाहटमा
धरतीको यो व्यापकतामा
सृष्टिको अपरिमेयतामा
कति अटाउन सकेका
यी संस्कार र संस्कृतिहरू
सौम्य, शालीन विविधताहरू
ज्ञान, अज्ञान र कुज्ञानहरू
विचारहरू, बबन्डरहरू
सोचाइ, सिद्धान्त र मान्यताहरू !
संसारको एउटै विशाल दृश्यमण्डलमा
कति फरक
द्रष्टाहरूका आआफ्ना दृष्टिहरू !
अहो !
कति सानो
एक एकाई प्राणीको चेतनाको वृत्त
कति सङ्कुचित
उसका दृष्टिका किरणहरू !
</poem>