2,071 bytes added,
11:33, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अल्झिन्छ अनेक व्यवधानहरूमा
बाँधिन्छ सहस्र बन्धनहरूले, तर
छोड्दैन सङ्घर्ष गर्न जीवनले कहिल्यै ।
चलमलाइरहन्छ, छट्पटाइरहन्छ, जुर्मुराइरहन्छ
जीवित रहुञ्जेल जीवन
जीवित रहनका लागि ।
व्यग्रताहरूबाट सिञ्चित बेचैनीहरूको जङ्गल
अनेकानेक रहरहरूका बीऊहरूको थुप्रो
आकाङ्क्षाहरूलाई थुनेर कँज्याइरहने उत्कण्ठाहरूको गोलघर
यो चोला, मानिसको जीवन
चाहनाहरूले नै छ चलायमान
उत्कण्ठाहरूले नै छ जीवनमय ।
जीवन
गतिशील छ अप्राप्तिहरूका कारण
चलायमान छ बेचैनीहरूका साथ
र जीवित छ असङ्खय छटपटीहरूका बीच ।
चितामाथि सुताइएको
श्वासविहीन मानिसलाई
हुँदैन कुनै थोकको छटपटी ।
जीवन
जुर्मुराइरहन्छ, चलमलाइरहन्छ, छट्पटाइरहन्छ
जीवन हुनका लागि ।
</poem>