1,558 bytes added,
14:26, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
बग्न थाल्नेछन्
सारा चोटहरूको स्थिरता
र,
स्थिर हुनेछन् एकसाथ
अनन्त कामनाहरू ।
पत्रहरू
छोइएपछि शीतल तरङ्गहरूले
रुँदारुँदै बर्सातका थोपाहरूझैँ
हाँसिदिनेछन् जमेका समयहरू
र, वर्षौँअघि छिनेको तार जोडिनेछ मुर्छनामा।
व्यूँझेका अनुरागहरूले
खोस्रिएपछि धर्तीमा सषुप्त चेतनालाई
समाएपछि झङक्रृत एउटा गोरेटो
पुगिने छ एक सुगम बिहानीमा।
औँलाहरू औँला रहनेछैनन् त्यसपछि
झङ्कार बन्नेछन् हृदयको
र, हृदय
बनिरहनेछ प्रेमको एउटा सुरम्य मन्दिर !
</poem>