Changes

उमुक्ति / गीता त्रिपाठी

2,263 bytes added, 14:37, 25 अगस्त 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार=गीता त्रिपाठी |अनुवादक= |संग्रह=इ...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
जीवनको ऐना हेरेको दिन
घर छाडे सिद्धार्थले
र, एकदिन आत्मालाई ऐना बनाएर
देखाइदिए मान्छेलाई
मान्छेको अनुहार कस्तो हुनुपर्ने हो!

मान्छेले हेर्न भ्याएन तर
सिद्धार्थले बुद्ध बनेर पठाइदिएको नमूना अनुहार

कुनै दिन आफ्नो अनुहार हेर्‍यो भने मान्छेले
सिकिस्त देख्नेछ आफूलाई अनुहारको नाप-नक्शामा
देख्नेछ रोग पनि तर्सेको उसको स्वरूपसँग
र सायद पछुताउनेछ ऊ एकपल्ट ।

बजारिदिनेछ ढुङ्गामाथि हातको ऐनालाई
ऐनाभन्दा धेरै टुक्रा भएको पाउनेछ आफूलाई
टेक्न सक्ने छैन जमिनमाथि
भासिएर आफ्नै पैतालामुनि
प्रलयको सङ्गीतमा डुब्नेछ उसको खतरनाक सामर्थ्य
र, यसपटक
जमिनभन्दा धेरै कमजोर पाउनेछ आफूलाई।

मान्छेले ऐना हेरेको दिन
युगले फेरेको हुनेछ,
उन्मुक्तिको नयाँ अनुहार !

मान्छे आफै भने
कहिल्यै बुद्ध बन्नसक्ने हो वा हैन!


</poem>
Mover, Reupload, Uploader
10,426
edits