1,581 bytes added,
14:38, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
देखिँदो छ,
छेलिँदो पनि छ
रूपभित्रका अनेक अरूपहरू...
प्रश्न उठिरहन्छ
यति धेरै अनुहारमा
कसरी मिसाउँछ मान्छेले आफूलाई
चलनचल्तिको, चाहेजस्तै बनाइदिनसक्ने
कस्तो होला त्यो योजनाकार ?
कुन विनिर्माण होला अस्तित्वको,
अनुहार फेरिदिने त्यो मुनाफाको कारखाना ?
ठोक्किरहन्छन्-
अदृश्य र दृश्यका बीच
अविदित र विदितका बीच
निर्माण र प्रतिनिर्माणका बीच
अरूपभित्रका अनेक स्वरूपहरू...
क्रमश बन्दै, भत्किँदै गइरहेछ
भ्रमका क्रमिकताहरूमा तथागतको एउटा अनुहार ।
</poem>