Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=सौन...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=सौन्दर्यको सङ्गीत / सुमन पोखरेल
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>
पर्खाइको पीडा मीठो, बिष मीठो, जहर मीठो
चोट मीठो, आँशु मीठो, प्रेमको हर कसर मीठो

जे गर्ने हो गरिहालौँ, हुन्न भन्छन् सधैँ यस्तो
अहिले नै हो रूप राम्रो, रङ्ग राम्रो, रहर मीठो

टँसिएछन् नजर मेरा त्यो मुहारको मीठासमा
कति मीठो बोली उनको, बचन मीठो अधर मीठो

भीर, पहिरो, ढुङ्ग्यान, बाढी, घाम, वर्षा, तुफान
तिमीलाई भेट्न आउँदा, जस्तोसुकै सफर मीठो

जीवनको मैदानभरी कति युद्ध कति सङ्ग्राम
जति लडाइँ लडे पनि तिमीसँगको समर मीठो

लहरिँदै आएर बतासले तिम्रो ठेगान थाह दियो
तिमीलाई छोई आउने बतासको लहर मीठो

बर्सौपछि मेरो नाउमा स्वादिलो एउटा चिठी आयो
तिम्रो खबर लिई आउने कागज मीठो, अक्षर मीठो

किन पिउनु रक्सी सुमन ! किन जानु मधुशाला
मलाई मेरै मायालुको, मात लाग्ने नजर मीठो

</poem>
Mover, Reupload, Uploader
10,426
edits