भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मातृत्व / उषा शेरचन

2,121 bytes added, 16:35, 28 अगस्त 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार=उषा शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=उषा शेरचन
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
तिमीलाई जन्माउनुको अर्थ
आफैँले आफूलाई पाउनु पनि हो
मेरै रगतले बन्छौ तिमी
र, त हाम्रो नाता यति गाढा छ
मेरै सास फेर्छौ तिमी
र, त हाम्रो सम्बन्ध यति प्रगाढ छ
तिम्रो लागि आगोका फूलहरू नै
टेक्न किन नपरोस् ?
तिम्रो लागि प्रसवका अनन्त पीडाहरू नै
खप्न किन नपरोस् ?
सबै सबै मञ्जुर छ मलाई
तिमीलाई पाउनुको अनुभूति मात्रैले पनि
त्यसै त्यसै पुलकित हुन्छु म
त्यसै त्यसै आह्लाादित हुन्छु म
तिमी नजन्मेको भए
जीवनको क्यानभास कति बेरङगको हुन्थ्यो होला ?
तिमी नजन्मेको भए
यो संसार कति शून्य हुन्थ्यो होला ?
तिमी नजन्मेको भए
यो जीवन कति निस्सार हुन्थ्यो होला ?
तिम्रो प्रत्येक क्रियाकलापले
त्यसै त्यसै रोमाञ्चित हुन्छु म
तिम्रो प्रत्येक बोलिले
आफैँलाई भुल्छु म
आमा हुनु र कविता लेख्नु उस्तै उस्तै हो मेरो लागि !
आमा हुनु र सिर्जना गर्नु उस्तै उस्तै हो मेरो लागि !!

</poem>
Mover, Reupload, Uploader
10,426
edits