भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पातहरू / गोपी सापकोटा

2,376 bytes removed, 13 सितम्बर
{{KKCatNepaliRachna}}
<poem>
कान्छा,मध्यरातमायतिखेर तिमीलाई देखिरहेछु मैलेचीसो हावाका निरन्तर झोक्काहरुलेसपनाको बजारमाझारेका पातहरुतिमी पनि बिक्रीको सुचीमा रहेछौएकाबिहानै सोहर्दै एक ठिटोम देख्दैछु तिमीलाईएउटा रक्साक झोला काँधमा भिरेरलगेज हातले डोराउँदैलाइन लाग्दैछौ एअरपोर्टमातिम्रो ज्याकेटको देब्रे खल्तीकोपासपोर्टले हिर्काउँदैछ बिस्तारैतिम्रो मुटुलाईमुसुक्क हाँस्छ,फ्याक्दै बिहानी बाफ मुखबाटशायद त्यसैले हो कि एउटा अन्जान डरलेढुकढुक गर्दैछ तिम्रो मुटु ।‘मर्निङ’।
कान्छा,कठाङ्रगीएका ती गोरा हातहरुलेके गर्ने, हाम्रो दु:ख एउटै होती पहेला पातहरुखेतीले खान नपुग्नेकालो प्लाष्टिकका बोराहरुभित्र कोच्दासाहुको ऋण चुलिदैजानेपातहरुसंग संगैकाम खोज्दा, काम नपाइनेउसका चिसिएका सपनाहरु पनिमाम खोज्दा, माम नपाइनेसधै बन्द, सधै हड्तालसबैको आ–आफ्नै ताल,आफ्नो भने जहिल्यै बेहाल एकाएक खाँदिन्छन बोराभित्र
कान्छापात टिप्नु, तिम्रोजस्तैपात टिपिरहनुमेरी आमा रोगी भइनपात टिप्दै टिप्दै थाक्नुबिहे गरियो सानैमापात टिप्दै टिप्दै थाकिरहनुखेल्दा खेल्दै जन्मे केटाकेटीहरुखाने पेटहरु बढ्दै गए पनिगरिखाने खेतहरु कहिल्यै बढेनन् ।केही न केही त गर्नै पर्‍योजीवन बित्नु,होइन त कान्छा ?अन्त कतै नबिकेपछिबाध्यताले राख्नु पर्‍यो आफैलाईसपनाको बजारमा जीवन बितिरहनु जस्तै
सपनाको कुरा गर्दाथकित पातहरु,थकित बोराहरुतिमीले सम्झन्छौ, कान्छाथकित ठिटो हेर्छ माथिहामीले स्कुल पढ्दा रोपेथ्यौंत्यो रुखलाईकेही विरुवाहरु स्कुलको चौरमाजसका पातहरु ऊ टिपिरहेछबिपी या पुष्पलालको नाममा,विरुवाहरुसंगै रोपेथ्यौं केही सपनाहरु,झरेर नांगीइसकेको छ त्यो रुखजो अहिलेसम्म त फुल्नु पर्नेअनि हेर्छ एकपटक ऊ आफैलाई,तर आँधीले लछार पछार पारेछ,फुल्नै लागेका ती मुनाहरुलाई झारेछ,धुजा धुजा भएछन् कठै ती सपनाहरु  शुभयात्रा कान्छा,तिम्रो यात्रा राम्रो होस्सोचे जति सबै पुगोस्आफ्नो त के भयो, के भयोगर्न खोज्दा खोज्दै झरेर नांगीइसकेको छ ऊ पनि त्यस्तै भयो ।भरेर बोरा पात सपनाहरुले बाँध्छ टमक्कअहो, कान्छातिमी त त्यही जहाज पो चढ्दैछौजसले भरखरै ल्याएको थियो मलाईतिमीलाई के थाहातिमी त जाने मान्छेजहाज चढ्ने मान्छेकसरी देख्न सक्छौ ओर्लिसकेकाहरुलाईम त झरी सकें कान्छा,म त झरी सकें जहाजबाटअब कहिल्यै नचढ्ने गरी । कान्छा,तिमीले त चिन्छौ कि चिन्दैनौम त तिम्रै साथी हुँ, पल्लाघरे साइलोसपनाको बजारमा आफुलाई सम्पुर्ण बेचेरफर्किएको छु भरखरैकाठको एउटा बन्द बाकसमा खोल्छ अर्को प्लाष्टिकको बोरा
०००
</poem>
Mover, Reupload, Uploader
10,369
edits