भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
यो मन
किन यति शान्त छ
इच्छाहरू किन उम्लिरहेका छैनन् ?
रहरहरू किन बर्सिरहेका छैनन् ?
किन यति धेरै निश्चल छ यो मन !

भावनाहरू बिदामा बसेजस्तो
सोचहरूले पनि विश्राम गरे जस्तो ।

उम्लिरहने, दुखिरहने
चहराएर छटपटाइरहने
एउटा व्याकुल मन सम्हाल्दै आइरहेकी हुँ
कैयौँ शताब्दीदेखि,
तर अचानक, यस्तो लागिरहेछ
मानौँ, मभित्रबाट मन कतै भागिसकेछ ।

किन ठोकरमै पनि यो कुनै चीत्कार गर्दैन ?
किन कुनै प्राप्तिको खोजीमा छटपटाउँदैन ?
यो मन
किन सबै चिजदेखि निर्लिप्त छ ?

आँखा ओबानो छ, ठिकै छ
तर किन मनको ओठबाट कुनै
पीडाको सुस्केरा झर्दैन ?

मलाई
यो मनको निश्चलतासँग
एक प्रकारको डर लागिरहेछ ।

००००

</poem>
Mover, Reupload, Uploader
10,372
edits