भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र भण्डारी |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=राजेन्द्र भण्डारी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
स्वर्गबाट झरेर
जब केही बथान परेवाका बच्चा
बास बसेका थिए उसको शरीरमा
सडकमा प्रश्नवाचक चिह्न बनेर ऊ
उड्न लागेकी थिई।

जब ती परेवाहरू फड्फडाउन थाले
ढकमक्क
गुलाबको ट्याटु हानी उसले
देब्रे छातीमा।

ऊ त्यही गुलाबजस्तै फक्रिन चाहन्थी।
आत्मीयताको लगानी लगाइरहेथे
तन्देरीहरू।
लगानीलाई असुल्न चाहिरहेथे।

जिउमा हर्मोनहरू झन्डा हल्लाइरहेथे।
जुलुस निकालिरहेथे।

ठिक, यसैबेला उसलाई लाग्यो
ऊ छलमा परेकी छ।

प्रश्नप्रैश्नका भित्तामा ठोक्किन पुगेकी छ।

ऊसँगसँगै घुम्न लागेका छन् काला छायाँहरू
खचाखच बसमा। अफिसको करिडोरमा। सपिङ मलमा।

आँखाहरू/साइनाहरू/आत्मीयताहरू
बारुदी सुरुङजस्तै लाग्न थाल्छ।

अनि ऊ खोपाउँछे
नितम्बदेखि घिच्रोसम्म तनक्क
तन्किएको ड्रागन।

ट्याटु
खोप्दाका चसचस घोचाइमा
ऊ रमाउँछे
कि इतिहासका बदनाम हरफहरूदेखि
अब ऊ बाहिर आइरहेकी छ।

एउटा शरीर अब खुल्ला राजमार्गमा दगुरिरहेको छ।

निस्किएको छ एउटा शरीर हरेक
छेकाबारहरू नाघेर।

शरीरले अब आफ्नै व्याकरण
बोल्न लागेको छ।

देब्रे पाखुरामा
प्रियको नाम खोपाएकी छ,
दाहिनेमा ॐ।

रमाउनलाई देब्रेपाखुरा छ।
उड्नलाई दाहिने।

अस्तिदेखि हिजो
हिजोदेखि आज हुँदै
लम्किरहेकी छ ऊ भोलितिर।

</poem>
Mover, Reupload, Uploader
10,414
edits