भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
भन त
कहाँ खोज्यौ ?

आँखामा, सिरानीमा,
निन्द्रामा वा सपनीमा
जहाँ जतासुकै खोजे पनि
मन छाम्न बिर्सियौ शायद तिमीले ।

जहाँ तिमी छौ,
तिमीले खोजेको भए
म पनि त्यहीँ छु !

शाश्वत मान्छे म
मायाको अनादि नियममा बाँधिएकी छु
तिमीले प्रकटरूपमा नसम्झिए पनि
टाँसिइरहेकी छु तिम्रो चेतनामा
लुट्पुटिइरहेकी छु तिम्रो अस्तिस्वमा।

के, तिमीले ध्यान दिएर सुन्यौ
आफ्नो मुटुको ढुक...ढुक
ढुकढुक, ढुकढुक ?

तिम्रो धड्कनमा
यो जो दोहोरो धून छ नि,
हो, त्यो धूनमा धड्‌किने पछिल्लो ढुक
म नै हुइनँ र ?

००००
Mover, Reupload, Uploader
10,413
edits