भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
छोपिएका छन्
मेरो वरिपरिका अनुहारहरू
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ ,केही अंशलाई बाहिर कतै राखेरकेही अंशलाई देखिने गरी लुकाएर ।
कुनै अनुहारले निर्लज्जतालाई
र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।
कुनैले मुस्कानको हँसिलो आवरणभित्र अनगिन्ती पीडालाई लुकाएका छन् अनुहारको हँसिलो आवरणभित्र त, कुनैले लगभग उमङ्गको चित्रपछाडि अपरिमित रिक्ततालाई छोपेका छन्,कुनैले अपूर्णतालाई र कुनैले लगभग आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् ।
कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन्
हरेक अनुहारहरू
तर बुझिन्छन् तिनीहरू बहिरबाटै,
जसरी बुझिन्छन्
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू ।
यी अनुहारहरू कुनै दिन
आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या
यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ?
००००
<small>(कलाश्री २०८१ मा प्रकाशित)</small>
</poem>