भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विश्व व्यथा / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हो रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित,
कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित ।
कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले-
‘किन रात पर्योठ ? किन घाम गयो ? वा रात पठायो कसले ‘
सप्रेम भनें मैले “यी हुन् रात र दिन दाजु र बहिनी
दाइचाहिं दिन हो राजा हो बहिनी रात मज्जाकी
सिउरी फूल ताराहरुको रात कहीं खेली रहँदा—
मानिसहरु गै तानी ल्याए वर पर घर वन र चउरमा
झन् विस्मित भई सोध्यो उसले ‘बाले तान्नु भएको ?
“हो वा मैले पनि तिमीले पनि“ मैले उत्तर झट्ट दिएँ
विश्वमोहन शोची भन्दछ हगि मैले हात समाएँ
“हो वा तिमीले हात समायौ मैले दुइ पाउ समाएँ
  अनि दिन आयो दगुरी दगुरी तिमी दगुरे झैं आँगनमा“
“के अनि दिनले फूल सुकायो रिसले हाम्रो बारीमा

(‘शारदा‘ १९९६ मा )

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)