भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वैशाखको पूर्णिमा / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वैशाखको पूर्णिमा
हेर हो हिमाल जून!
रातको कालो वर्णमा
अमृतको यो थालीले
झलमल पार्ने कुन?
स्याब्बो च्याङ्बा। स्याब्बो च्याङ्बी!
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन!
तारा-झुप्पे यो रुखमनि
कसले लायो धून?
चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन?
स्याब्बो च्याङ्बा! स्याब्बो च्याङ्बी!
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन?
आकाश उनको छाती हो
करुणा धारा सुन
तारा आँखा राती हो,
माटी—जरामा बन्चरो दी
काललाई जित्ने कुन?
स्याब्बो च्याङ्बा! स्याब्बो च्याङ्बी!
अमृत झल्क्यो संसारमाथि हेर! ऊ ज्योति! हिमाल जून!