वैशाख : केही आशा निराशा / निमेष निखिल
आउनुनआउनुको ताङ्खिवक अर्थ नहुनुबिच
फेरि वैशाख आएको छ।
सधैँसधैँझैँ
उही अप्रतीक्षित वैशाख
उही अनिच्छित वैशाख
फरक यत्ति हो–
विगत वैशाख लछ्रप्प भिजेको थियो
आलो रगतले
यो वैशाख हाँसिरहेछ
अनुहारभरि सुकेका रगतका टाटाहरू देखाएर।
आउनुनआउनुको तात्त्विक अर्थ नहुनुबिच
फेरि वैशाख आएको छ।
चिसा मझेरीहरूमा
पहारिलो घाम बनेर आउन नसकेको वैशाख
कलेटी ओठहरूमा
मुस्कान बनेर आउन नसकेको वैशाख
फरक यत्ति हो विगत वैशाख समस्याहरू पछि लगाएर
अघिअघि आएथ्यो
यो वैशाख समस्याजति अगाडि नै पठाइसकेर
पछिपछि आइरहेछ।
आउनुनआउनुको ताङ्खिवक अर्थ नहुनुबिच
फेरि वैशाख आएको छ।
एउटा शुभकामनाको पुलिन्दा च्यापेर
वैशाख आगमनको आशमा
खै! कति घिसार्ने हो ?
जीवन नामको अदृश्य बोझलाई
पर्खाइको भ्रमलाई चिरेर
आशानिराशा थुम्थुम्याइरहेछु आफैँभरि
सायद मेरो वैशाख आउँदैन ...!
हैन, मेरो वैशाख अवश्य आउँछ ...!
आउनुनआउनुको ताङ्खिवक अर्थ नहुनुबिच
फेरि वैशाख आएको छ।