भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

व्यतिक्रम / प्रवीण राई 'जुमेली'

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


ऋतुहरुको बाइपासबाट घुमेर सधैं वसन्त आइदिँदा
यौवनको तेज हावासितै एकक्षण बहकिदिने गौंथली आकांक्षाहरु
पानी हालिदिने स्नेही हातहरु बिमारी भएपछि यता
मुर्झाउन लागेका छन् बगैंचाभरि/गमलाभरि
तलतिर रुखो र अनकण्टार देखिने मान्छेको बस्तीतिर
बर्षाका केही थोपा बनी पोखिदिने बादल इच्छा
कहींबाट अत्तालिँदै आएको हुँडरीसितै बेपत्ता भएपछि
मनको खोलाले पनि गाउन छाडिदिएको छ उछृंखल प्रवाहहरुलाई


यता एकताको ट्यांकीतिर आउने प्रेमको पाइपमा
घृणाको ठेंडी ठोकिदिएपछि
ढुक्कै बस्ने माथिल्लो गाउँलेहरुको बानी छ
सद्भावनाको रेन्च बोकेर ती ठेंडीहरु निकाल्न जाने
धेरैजना हतभागी फिटरहरु पनि रगतपच्छे भएर फर्केका छन्
अपूर्णताका गाग्रीहरु भराउन धारा आउँदा जाँदाको दिनचर्यासितै
पोखिँदैछु उमेरको टिनबाट छचल्किँदै बाटैभरि।।