भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शरीर रचना - एउटा छायाइच्छा / मार्गरेट स्येन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मलाई चाहिएको छ आफूभित्र तिमी
मलाई चाहिएको छ तिम्रो सुरिलो छटपटाहट
तर मेरो मष्तकमा मात्र हैन
हृदय मात्र उत्तेजित हुने गरी पनि हैन
हामी केही सुन्न र देख्न नसक्ने होउन्जेल
मलाई तिम्रो सङ्गीतमय छटपटाहट चाहिएको छ
मलाई तिमी त्यहाँ तल भित्रसम्म चाहिएको छ
मलाई तिमीलाई त्यहाँ समाउन मन लागेको छ
हामीभित्रका रङहरूलाई चलायमान गराउन मन लागेको छ

तर मेरो मष्तकमा मात्र हैन
तिमी र मलाई हल्लाउन
हामीलाई भित्रसम्म धक्का लागाएर
जहाँबाट झिल्का उठ्ने गर्छन्

हृदय मात्र उत्तेजित हुने गरी हैन
देखेसुनेको गोप्य स्थानबाट
कुनै प्राचिन गान, एकसुरको कुनै आलाप
आगाका गीत जन्मिने ठाउँसम्म

हामी केही सुन्न र देख्न नसक्ने होउन्जेल
शब्दसँग शब्द र शरीरसँग शरीर मिसाएर
हामी शिथिल नहोउन्जेल
तिनलाई एउटा लामो सुरमा अल्झइराख्न।