भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

संघर्ष हो जीवन / श्याम तमोट

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

संघर्ष हो जीवन
जीवन संघर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन ।

जिन्दगी हो हार-जीत भइरहन्छ
बाधा पन्छाउँदै नदी बगिरहन्छ
हार भयो भनेर दुख नमान
रातपछि दिन हुन्छ हेर बिहान ।

न्याय निम्ति जिन्दगी यो लम्किरहन्छ
उज्यालो हो जिन्दगी यो चम्किरहन्छ
चेतनाको प्रवाहलाई रोक्न सकिन्न
जति छोप्न खोजे पनि सत्य छोपिन्न