भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सबै नदी हौँ / मार्गरेट स्येन / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हामी सबै
थाह नभई जन्मिएका नदी हौँ ।
आफ्ना पाखुरा फैलाउँदै दौडीहिँड्ने
किनार अनिश्चित भएका नदी ।
नदी जो छिनछिनमा अडिँदै तरङ्गित हुँदै
जीवनलाई हेरिरहन्छ ।
नदी जो केही थाहा पाएर वा नपाईकनै
उम्किरहन्छ, फाल हानिरहन्छ ।

हामी अनेक थोक र जीवनलाई
आपसमा बाँध्ने नदी हौँ।
सँधैभरि पुल मुनि बगेर
आफ्ना दुःखहरू पखाल्ने नदी हौँ ।
ढाढस मात्रका भरमा तर्न नसक्ने गरी फैलिएका
रुन नसक्ने गरी भिजेका
हामी डोरी झैँ बाटिएका नदीहरू हौँ ।