भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सल्लेरी / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हिँड,
जाऔँ सल्लेरी घुम्न हामी ।

तिम्रा अनुहारबाट हिँड्ने छन्‌ सल्लाका रुखहरू
र म टक्क अडिएर
तिमीलाई बोक भनेर अर्‍हाउनेछु तिनलाई,
तर तिनीहरू नुहुन सक्नेछैनन्।
 
चियो गर्छ रात सबै आफन्तको;
झर्झर झर्ने घाइते बूढो झर्नाको
आशीष पाएको खोटोको,
र सनातन दिनहरूको।
कहिल्यै नफेरिने सल्लाका रूखबाहेक सबैको।
 
सक्ने भए बोक्ने थिए तिनीहरूले तिमीलाई
र बेँसीका फाँटफाँट घुमाउने थिए
खेल्ने थियौ तिमी
एउटा पाखुराबाट अर्कोमा उफ्रिँदै,
बाउ फेर्दै दौडिरहेको एउटा बालकजसरी