भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सांसारिक शब्दहरूमा उमेर उक्लिँदै / शीमा कलबासी / सुमन पोखरेल
Kavita Kosh से
वर्षाका ध्वनीहरू,
उडिरहेका चरा
हिलो
कान थुनाइ !
कुल योगफल ।
झरिरहेका आँशु
चोटहरू,
जीवन कतै नदेख्नु,
आफ्नै दुःखभित्र बाँच्नु !
पछि गएर जान्नु,
बुझ्नु:
यसैलाई भन्छन्, हृदयको यात्रा ।
.................................।।
(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)