साइबेरियावाट चिठी / सविता गौतम दाहाल
चिसो यति भूवादार होला कहां जानेको थिए
ठूला ठूला मोती वनाएर खेल्न मिल्ला कहां बुझेको थिए
उज्यालै उज्यालाको प्रदेश सेताम्मे ढाकिएर
हिमाली प्राणीमा रुपान्तरित हुदाँको अनुभूति
तिमीले साइवेरिया नपठाएको भए कहां पाउथें होला र !
किलै किला ठोकिएको जुत्ता लगाउनुको नौलो अनुभव
लठठी वोकेर हिडने वानी परेपछि अति सुरक्षित छ
साइबेरियाको वसाई
हिउ चिप्लेटी प्रतियोगितामा प्रथम भएपछि
निकै शान वढेको छ
तिम्रो यो निर्णय उतिवेला निकै कठोर मानेकी थिए
आज धन्यवाद पत्र लेखिरहेछु ।
सधैं सधै मेरो बढदो तापक्रम
शुन्यमा यसरी झारी रहयौं
म यहाँ सजिलै अभ्यस्त भएँ
म त तिम्रो कोशिशको विजयलाई
सलाम पत्र लेख्दा भावुक भएको छु ।
यो सेतो देश
जहाँ गृष्म लाहुरबाट विदामा घर आएको खसमझै आएर फर्कि हाल्छ ।
पिजँडाबाट उडाइएको पंक्षीझै भएको छु
स्वतन्त्रता यति मीठो, शानदार र सिर्जनात्मक होला
कहाँ जानेको थिएँ र !
यो सफा प्रदेश
कति सौम्य र प्रिय छ
कसैले कसै गरे यसको गहिराई नाप्न सक्ने छैन्
तिमीले दिएको
साईवेरिया स्थाई वसाइको प्रमाणपत्र अति प्रिय छ ।
चौरी चढेर माथि माथि शैर गर्छु
प्रियजनको सामूहिक श्याम श्वेत तस्वीरझैं लाग्छ
काला हाँगाको उपस्थिति
कति कलात्मक !
नजिकैको फराकिलो ताल
यति मनमोहक छ
म त सदियौ , सुन्दरता पिएर,याद सिएर
एउटा सम्मान वाँच्न सक्छु
जीवन मान राख्न सक्छु ।
अपराधीमा उम्रेको कोमलता
अनायास आइपुगेका
निद्रोषसंगको सामीत्य
कहाँ पाउँथे होला र !
यो नयाँ सिर्जना, नयाँ अस्तित्व
स्वीकार्य र आत्मिय छ
यति टाढा पठायौ, कृतज्ञ छु
भूलचूक माफ गर्नु
यो साधुवाद पत्र टुंगाइरहेछु
आफ्नो ख्याल राख्नु ।