भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साइली न्यायाधिश / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


साइली मुस्कुराउदै ढोका खोल्दै छे
वा रुदै चुकुल लगाईरहेकी छे
आशुका वलिन्द्र धारा खसाउदै
लुगा धोएर सुकाउदै छे
वा गीत गुनगुनाउदै खाना वनाउदै छे
वा कुनै प्रेरणादायी चलचित्र हेरेर
उसका रौं उम्रेका छन
केही गर्ने अठोटमा
वा भावुक मोडमा पुगेका
नायक नायिकासँगै भक्कानिदै छे ।

उ भित्र के चलिरहेको छ ?
किन चलिरहेको छ ?
कसलाई फुर्सद सोध्ने वा सुन्ने
संसारलाई के चासो
उभित्र खुशीको वर्षा होस या प्रेमको भरी
उभित्र आँधी चलोस वा वतास
उमाथि पहिरो खसोस वा असिना
उसको टाउको फनन धुमिरहेको छ
वा उ सधैं उसको घाँटी छिनाउन तयार
परबाट आइरहेको सुर्दशन चक्र देख्छे ।

उ सोच्छे ,
कतैु उ मानसिक रोगी त हैन्
उसलाई लाग्छ
समय अभावमा छन सबै सबै
समय मागेर असभ्य किन हुनु
अप्ठयारोमा किन पार्नु ?
स्वस्र्फूत नभएपछि
जवरजस्तीको अमीलो किन पिलाउनु ?

एउटा ४ फुट ६ इन्चको शरीरभित्र
चल्ने हावाको वेग कसले नाप्ने ?
वहने नदीको करेन्ट कसले जोख्ने ?
उभित्र के भइरहेको छ
कसले अडिएर हेर्ने वा गम्ने ?

साइली एकाएक चेतनशील भएर बुझ्छे
सबकुरा हेर्ने
नियालेर निक्र्यौल निकाल्ने
आफूमाथि न्याय गर्ने,
आफूमाथि वहस गरीएको सुन्ने,
उ आफै हो ,
सिर्फ आफै
उसको लागि अन्तिम निर्णय गर्ने
साइली आफू नै उसकी न्यायाधिश हो ।