भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साला पहाडिया के भन्छ? / कृष्ण प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

किन ढिला गर्र्छौ राजेन्दर भैया ?
ढिला गर्दै नगर !
मौकामा चौका चलाउनै पर्छ ।
कालापानीको जमिन सारे झै,
सुस्तालाई कब्जामा पारे झै,
वर्षोनी उत्तरतिर लम्किरहेको जंगे पिलर
बढाएर रसुवा सम्मै पुर्याउनु पर्छ ।
त्यसो भयो भने काठमाण्डौ पनि हाम्रो हुन्छ ।
त्यसो भयो भने हिमाललाई पनि हाम्रै भन्न मिल्छ ।
त्यो दरभंगामा भएको ससुरालाई पनि यतै डाक ।
पोहोर नागरिकता लिएका,
सालो, जेठान र जोगेन्दर मामालाई,
तुरुन्तै बोलाइ हाल बरेलीबाट ।
दिल्ली दरबार त दाता नै भए
मागे जति पैसा पनि दियाछन् ।
पटनाको लालुलाई पनि भुल्नै हुन्न
उनी हाम्रा गुरु भाइ झै हुन् ।
उनको भनाइ नमानेर कहाँ हुन्छ !
नुनको सोझो त गर्नै पर्छ हामीले,
फर्जी मत हाल्नु पर्छ भनेर,
सिट धेरै ल्याउनु पर्छ भनेर,
उनले त्यसै सिकाएका छैनन्
जिते पछि त मजा अर्कै छ उपेन्दर भैया !
दंगा भड्काउन सिपालु मानिने,
मोतिहारीको पप्पु पनि हाम्रै मान्छे हो ।
उसलाई बोलाए पछि गाउँमा,
बस लुट्न सजिलो हुन्छ ।
मान्छे भुट्न सजिलो हुन्छ ।
यता रोष्टम घेरेर गलाउनु पर्छ ।
उता हड्ताल चलाएर जलाउनु पर्छ ।
पहिला भन्दा प्रदेश मात्र भन्नु पर्छ ।
अनि विस्तारै राज्य नै छिन्नु पर्छ ।
र अन्यमा उतै मिल्नु पर्छ ।
हाम्रो गाउँको बाटो भएर,
हिड्न दिनै हुन्न पहाडियालाई ।
त्यो डोल्पा र जुम्लामा भुखमरी लाग्छ त के हुन्छ ?
त्यो कालिकोट र जाजरकोटमा महामारी फैलिन्छ त के हुन्छ ?
पहाडका सवै गाउँमा पैरो जान्छ त के हुन्छ ?
मर्यो भने त्यै पहडिया मर्छ ।
हाम्रो प्रदेशलाई फाइदै हुन्छ ।
कमसेकम भोट सँख्या त कम हुन्छ ।
लुम्विनी पनि हाम्रो भन्छ पहाडिया
लुम्विनी त हाम्रो प्रदेशकै हुन्छ नि !
बुद्घ कसरी नेपालको हुन्छ ?
साला पहाडिया के भन्छ ??