भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सूक्तिसिन्धु / वीरेन्द्रकेसरी अर्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शिवका लोचनतारा गौरीका प्राण झैं प्यारा ।
गणपति विघ्नकुठारा विपत्ति हाम्रा हरुन् सारा ।।

सबैका सामुन्ने द्दृढ धनु उठायेर हरको
बनी आफू तारो जनक गनयाका नजरको ।
चमत्कारी शोभा सहित उभियेका स्थिरमति
प्रतापी श्रीराम प्रभु सब हरुन् संकट जनी ।।

कोमल् गाथ् थिर फेरि तप्तिर नजर् फेर्दा त मन् काटिने
बाथित् क्यै अरु पार्वतीसित वहाँ गर्ने बिजावा हुने ।
गर्दा यम्प बदल्नलाई अघिकै मन्लाइ डोलाउँदा
हे श्रीशंकर हामिलाइ दिनुहोस् कल्याण सदा सर्वदा ।।

मैले के काम् गरें यो, सँगिनिहरु यहाँ हेरि छेड् हान्न लाग्नन्
के भन्नन् लौ इ मेरा सखि पनि, अब फेर् कृष्णजी मिल्न शक्नन् ।
यस्ता मन्का लहर्मा पनि डुबिरहँदै, टोल्हिदै गर्नुहुन्थ्यो
तेस्बेला चन्द्रम झैं तहिं वृजयुवराज् पाल्नुभो हास्नुहुन्थ्यो ।।

बेतका झाङबाट चरा, उडदाको भारि सोर सुन्दामा ।
काम्मा लागिरह्याकी, नानी त मसक्क मस्किगथिन् ।।
[कोइ पर्देश जान लाग्दा आफ्नी पियारीलाई भन्छ]
मनसरोवर जान्छन्, सारा राजहाँस वर्षात्मा ।
जडामा ति नदीका, किनारमा फेरि उत्रन्छन् ।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)