भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

स्वप्न / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


निद्राभङ्ग भयो
स्वप्नभङ्ग भयो
-भूलभङ्ग भयो

दुःखका तापले तप्‍त जीवनको गगनमा
देखें सपनामा, मेघ थुप्रिएछ
मेघको रथमा चढेर सोचें मेरो त्यो राजा
कति आनन्दले मेरो नी लागि उडाउँदै
                           विपुल ध्वजा
आएर उत्रन्छ मेरो सम्मुख इहजीवनमा
नाना ऐश्वर्य- कति विभूक्षणसह
              सजिएर रत्नमालामा ।

त्यसैको आशाले,
मेरो भुवनमा गगनचुम्बी, सौध बनाएँ
पूजाका वेदीमा भाग्यदेवता
भक्तिले बसालें
पुष्पमाल्य पोडशोपचार लिएर बसेछु
त्यही भरोसाले,

जीवन मेरो फुल्छ फेरि
प्रभातकलि फक्रेको जसरी
प्रेममृदु, वर्षणले ।

नीहारनीरमा प्रक्षालित प्रभामा
अलिगुञ्‍जनमा, पुतलीका पक्ष-सञ्‍चारणमा
चढेर मेरो मन-मालविका
हुन्छे जब रत पुष्पचयनमा
पुष्पवितान
मनको आडमा (Behind my mind)
नाच्छ प्राण प्रफुल्लित भएर
यो जीवनको सुखको सीमा
सहजै नाघेर ।

देखेको छु मैले त्यस्तै अनेक
(आशा) सह-ज स्वप्न
व्यथा कमलकलि
फक्रन चाहन्छ जीवन कठोर<ref>जीवन-कठोर-- जीवनको कठोरतामा ।</ref>

शब्दार्थ
<references/>