भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हतियार / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

निर्लज्जताविरूद्ध
नग्नता पनि सशक्त हतियार हो
जसरी पाखण्डविरूद्ध
वेश्यावृत्ति पनि मुनासिब कारोबार हो ।

बादशाहको जस्तै महंगा र शान्दार लुगा लगाएका मानिसहरू नै
जब नांगा मानिसभन्दा हुन्छन् करोडौँ गुणा अश्लील
भ्रष्ट संसारविरूद्ध
नग्नता पनि बलियो आधार हो ।

जब अफगानी निदोष नागरिक बस्तीमा
र्
मानवीय संहिताविरूद्ध भइरहेको थियो भारी बमवषर्ा
नांगिएर प्रदर्शन गर्दै कालो झण्डा
क्रोसियाली एक किशोरीले बेलायती राजकुमारलाई सोधिन्-
नांगी आइमाई र तिम्रो देशमा को बढी नांगो छ राजकुमार –

अमेरिकी युद्धविरोधी युवायुवतीले
बीच सडकमा प्रदर्शन गर्दै नांगो जुलुस
राष्ट्रपतिलाई सोधे-
नांगोपनको सीमान्त के हो बुस महोदय –

निर्लज्जहरूलाई नंग्याउन
संसारमा थुप्रै पटक भएका छन् नांगा जुलुस प्रदर्शनहरू
र, नांगिएका छन् धेरै-धरै निर्लज्जहरू
भोका-नांगाहरू जब जुलुसमा उत्रन्छन्
बलात्कृत आइमाईहरू, अकाल पति गुमाएका विधवाहरू
र, हेपिएका, लुटिएका वेश्याहरू
जब विरोधमा उठ्छन्
जबर्जस्ती तिनले सरकारलाई नंग्याइरहकेा हुन्छन् ।

न्यायका पण्डितहरू नै जब बन्छन् न्यायका हत्यारा
न्यायबाट वञ्चित मानिसहरूका लागि
नग्नता पनि सशक्त हतियार हो
जसरी अत्याचारविरूद्ध
आत्मदाह पनि विद्रोहको हुँकार हो ।