Last modified on 29 जून 2017, at 19:56

हर्षले मन मेरो झुमेको छ / धनेन्द्र विमल


हर्षले मन मेरो झुमेको छ
जीवनमा नया घाम लागेको छ
आज सारा शरिर भरि,
खुशीको लहर छाएको छ

पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ
सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ
कस्लाई बाँडु आज म हाँसो अधरभरि उम्लिरहेछ
आज सारा शरिरभरि खुशीको लहर छायाको छ

मैले मेरो जीवन पाएँ उसले आफ्नो सपना पाई
सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई
कसलाई बाँडु मेरो चाहना अधरभरि छल्किरहेछ
आज सारा शरिरभरि खुशीको लहर छायाको छ