भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हुन त हो अहिले भर्खरै / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो
माया गर्दा छुनैपर्छ भन्ने चलन छैन होला
तर पनि मलाई भने माया गर्ने मेरो मान्छे
मेरो नजिक हुनैपर्छ उसलाई मैले छुनैपर्छ

हुनसक्छ छुने बानी शायद मेरो कमजोरी हो
कमजोरी नै भए पनि यसैलाई सकार्छु म
मलाई त पूजा गर्न शून्यले मात्र पुग्दैन
मन्दिर पनि चाहिन्छ मूर्ति पनि चाहिन्छ

मेरो कुरा मान्ने भए तिमी पनि छुने गर
सपनामा रुनुभन्दा बिपनामा छुनु जाती
छोइएको माया मैलो हुन्छ भन्ने केही छैन
माया सधैँ चोखो हुन्छ माया सधैँ राम्रो हुन्छ