भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

‘के देख्न आएँ? हे मेरी आमा! / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘के देख्न आएँ? हे मेरी आमा! के देख्नुपर्योइ नि?
हे मेरी आमा! हे मेरी आमा! यो छाती चिर्यौ् नि!
  आमा! यो छाती चिर्यौी नि!
पापीको मुख हेर न आमा! मलाई हेर न!
म आएँ आमा! म पापी आमा! मलाई हेर न!
आमा! मलाई हेर न!
किन नि टाढा हेरेको त्यस्तो! म आएँ, म आएँ!
नजर फेरि फिराऊ यता, रोएर कराएँ!
रुन पाउमा म आएँ!
मुटुमा गाँठो पारेर हेछर्यौ! नजर फिर्योे नि!
नछाड आमा! फर्क न , फर्क, टुहुरो मर्यो नि!
आमा! टुहुरो मर्योन नि!
म आएँ आमा! म दु:ख दिन कोखमा पसेको!
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको!
छुरी मुटुमा धसेको!
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ?
‘आइछस् बाबू!’ भनेर हरे! मुखले भनिनौ!
आमा! चिन्यौ कि चिनिनौ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ!
यो तिम्रो दशा देखेर आमा! कलेजा जल्दछ!
आमा! कलेजा जल्दछ!
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ!
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ!
हरे! म अघि आइनँ!
क्या शान्ति छायो मुखमा तिम्रो! हे आमा! बोल न,
अमृतजस्तो वचन तिम्रो हृदय खोल न!
आमा! एक फेरा बोल न!
हे मेरी आमा! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ?
आमा! कसरी बिझाएँ?
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,
पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,
आमा! भनेको ठाउँमा!
कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगार्योर,
दिलले दर्द नपोखी, हान्यो दैवले झटारो!
फर्क न फर्क हे मेरी आमा! माथि नै हेछर्यौ नि!
उठाई औँला माथि नै आमा! इशारा गछर्यौ नि!
आमा! कलेजा चिछ्र्यौ नि!
लौन नि! लौन!’ भनेर उठे मदन जुरुक्क,
मूच्र्छामा परे पाउमा, देखी गलाको हिरिक्क!
छोराको मुख हेरेर गइन् कठै! ती घुरुक्क।
हा कठैबरी! ती बूढी घुरुक्क!