भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"वार्ता:रचनाकारों की सूची: भाग 1" के अवतरणों में अंतर
Kavita Kosh से
धर्मराज थापा (चर्चा | योगदान) (नया पृष्ठ: जब पुनमको चुरा खस्यो मेरो मनको चुचुरा खस्यो । फूलको धारले नै रेट…) |
(कोई अंतर नहीं)
|
22:41, 14 मार्च 2011 का अवतरण
जब पुनमको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो ।
फूलको धारले नै रेट्न थालेपछि उनको मनको छुरा खस्यो ।
पोको पारेर राखेको ठाउँबाट आज अचानक कुरा खस्यो ।
सपनाको चखेवा खेलाउँदै थिएँ विपनाको झ्वाम्म च्याखुरा खस्यो ।
फुलाउँदा फुलाउँदै मायाको फूल बसन्तमै मनको आँकुरा खस्यो ।
भमराहरु झुमुन् भन्थेँ वरिपरि मनको चाकामा माकुरा खस्यो ।
राधा, रुक्मिणी र मीराहरु नसोच्दै मनमा अचानक मथुरा खस्यो ।
अग्लिदै थिएँ आकासको हिमाल आफनै मनको टाकुरा खस्यो ।